Friday, July 3

उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।

Advertisement

शुक्रबार बसेको आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

Advertisement
Advertisement

कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताए।

Advertisement

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भने,‘हिजो रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।