Sunday, August 9

पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस

नेपालअखबार, काठमाडौँ। सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

Advertisement

बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीको सिफारिस गरेको हो।

Advertisement
Advertisement

ministry-of-home

Advertisement