Friday, July 3

धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा

नेपालअखबार, काठमाडाैं । काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

Advertisement

नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो।

Advertisement
Advertisement

काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक केही दिनअघि पण्डितमाथि धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो।

Advertisement

इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले फरार रहेका ३ जनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छिनो बरामद भएको छ।

पक्राउ परेकालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप गरेर प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।