
नेपालअखबार, नेपालगन्ज । खानेपानी मन्त्री अब्दुल खानले राजनीतिकरण नगरी घर-घरमा स्वच्छ खानेपानी पुर्याउनु आफ्नाे कर्तब्य भएकाे बताएका छन् । नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमाहनगरपनलिका वडा नं. १९आलानगर कण्ठिपुरमा खानेपानी आयाेजना ४५० घनमिटरकाे खानेपानी टंकि निमार्ण सम्पन्न गरेकाे छ । उत्त खानेपानी टंकि प्रमु अतिथि खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गरेका छन् । मन्त्री खानले देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने बताएका छन् । मन्त्री खानले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने बताए ।
मन्त्री खानले जनताले खानेपानी वितरणका लागि विछाइएका खानेपानीका पाइप तथा निमार्ण भएका पानी टंकिलाई आफ्नाे सम्पति सम्झेर संरक्षण गर्न आग्रह गरेका छन् ।
‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा बाहिरका देशमा पुर्याउन सकिने र देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले जोड दिए । उनले भने, ‘हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसकेपनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौ भने हाम्रो देशको हितमा धेरै ठुलो योगदान हुन सक्छ ।’
जनतालाई स्वच्छ खानेपानी पुर्याउने आफ्नो नैतिक जिम्मेवारी रहेको खानले बताए । नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संबिधानमै ब्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरत रुपमा काम गरिरहेको दाबी गरे ।
‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संबिधानमा ब्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालय अन्तगतका निकायले जनतालाई कुनैपनि अप्ठ्यारो नपारी, राजनीतिकरण नगरी घर-घरमा स्वच्छ खानेपानी पुर्याउनु कर्तब्य भएको बताए ।
आफु एक/डेढ वर्ष मात्रै मन्त्रालयमा बस्न पाएमा काठमाडौं उपत्यकामा पानीको अभाव अन्त्य गर्ने दाबी गरे । यस्तै दुई देखी तीन वर्ष बस्न पाएमा तराई मधेसका सम्पूर्ण जिल्लामा आर्सिनिक न्युनिकरण गरेर स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताए । उनले भने, ‘यदी म मन्त्रालयमा चार वर्ष बस्न पाए भने पहाड र हिमालका जनतालाई म स्वच्छ पानी पुर्याउँछु, यदी म मन्त्रालयमा पाँच वर्ष बस्न पाए भने देशको पानी विदेशमा निर्यात गर्ने मेरो योजना छ ।’
यसका लागि विभिन्न निकाय, अन्र्तराष्ट्रिय स्तरका दातृ संस्थासँग एक चरणमा परामर्श गरिसकेको बताए । सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी जनताको घर-घरमा पुर्याउने अन्र्तराष्ट्रिय स्तरमा गरेको हस्ताक्षर अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

