Tuesday, August 25

मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने -अध्यक्ष नेपाल

नेपालअखबार, सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताउनु भएको छ ।

Advertisement

सिन्धुपाल्चोकको मेलम्चीमा  शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्नुभयो  । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा प्रति लक्षित गर्दै भन्नुभयो , ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन ।’

Advertisement
Advertisement

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा भएको बताउनु भयो  ।’

Advertisement

अध्यक्ष नेपालले अझैपनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायत नेताहरुकको सहभागिता थियो ।