Thursday, August 27

पोखरामा बालिकामाथि यौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा १४ वर्षीया बालिकामाथि बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरूपयोग गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

बालिकाले सामाजिक सञ्जालमार्फत् आफूमाथि बाल यौन दुरूपयोग भएको खुलाएकी थिइन्। त्यस सम्बन्धी जानकारी पाएपछि प्रहरीले पीडित र अभिभावकलाई सम्पर्क गरेको थियो।

Advertisement

पीडित पक्षले बाल यौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।