Saturday, July 25

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

नेपालअखबार, एजेन्सि।  तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो- अब बिहे कहिले गर्ने?

Advertisement

दशैं-तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा उमेर पुगेका अविवाहितले यो प्रश्न झेल्नु सामान्य नै हो।

Advertisement
Advertisement

उमेर पुगेर पनि विवाह नगर्ने र परिवार र आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको मात्र भने होइन्। हाम्रो उत्तरी छिमेकी चीनमा पनि युवाहरूले यस्तै समस्या झेलिरहेका छन्।

Advertisement

साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदो छ।

त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन.कम। उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन्।

मुमु छद्म नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बनेवापत् उनले १४५ अमेरिकी डलर शुल्क लिन्छिन्। यात्रा गरेर कुनै ठाउँ जानु पर्‍यो भने थप शुल्क लाग्छ।

मुमुले पार्ट टाइम कामका रूपमा भाडामा गर्लफ्रेन्ड बन्ने गरेको बताएकी छन्। चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक विदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने उनले बताएकी छन्। त्यतिबेला शुल्क पनि निकै महंगो हुने गर्छ।

चिनियाँ युवाहरूले विदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन्।

यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ। ग्रामीण क्षेत्रमा बस्ने एकल पुरूषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन्।

चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ। एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरूषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ।

चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरूषभन्दा महिलाको संख्या कम छ।

विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो।