Saturday, July 4

जातीय भेदभाव, छुवाछुत, शोषणजस्ता उत्पीडनविरूद्धको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

नेपालअखबार, काठमाडाैं । जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरूद्धको संकल्प प्रस्ताव पारित भएको छ।

Advertisement

बुधबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

Advertisement
Advertisement

सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान,जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहेका थिए।

Advertisement

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तावलाई निर्णायर्थ प्रस्तुत गरेका थिए। संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

संकल्प प्रस्तावमा उठाइएका विषयवस्तुलाई कानुनी रूपमा र राज्यको तर्फबाट अधिकतम् सम्बोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले गरेका छन्।