Saturday, July 4

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

नेपालअखबार, काठमाडाैं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको जानकारी दिए।

Advertisement
Advertisement

‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने।

Advertisement

मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले नाराबाजी गरेका थिए।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।

‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने आफूहरूको माग भएको बताएका छन्,’ एसपी रिजालले भने।