Monday, July 27

आज माओवादीले गण्डकी सरकार छाड्ने

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्ने भएको छ।

Advertisement

माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो।

Advertisement
Advertisement

संसदीय दल नेता हरिबहादुर चुमानले आफूहरूले आज गण्डकी सरकार छाड्ने बताए।

Advertisement

‘हामीले आज सरकार छोड्छौं। बसेर काम नै छैन, केन्द्रमा अर्कै समीकरण बनेको छ,’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका उनले भने, ‘संसदीय दल बैठकबाट सरकार छाड्ने औपचारिक निर्णय गर्छौं।’

उनले नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति बनेको पनि बताए। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए।

माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

यहाँ एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सां‌सद छन्। राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन्।

६० सदस्यीय प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार बन्न बहुमत पुग्छ।