Friday, July 3

नेपालमा विश्वकाे उत्कृष्ट गुणस्तरकाे खानेपानी छ : मन्त्री खान

नेपालअखबार ।  न्युयोर्कमा द ब्रुकलिन च्याम्बर  अफ कमर्शले राखेकाे कार्यक्रममा  प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट खानेपानीकाे श्राेत रहेकाे बताए । नेपाल भाैगाेलिक रूपमा कठिन रहेता पनि प्रकृतिले पूर्ण रूपमा सजाएकाे मन्त्री खानले बताए । नेपालकाे प्रकृतिकसंग रमाउन तथा जिवनकाे नयाँ अनुभुति लिनका लागि विश्वका प्राय सबै देशवाट पर्यटकहरू नेपाल  आउने गरेकाे उनले बताए  । नेपालमा धेरै संभावनाहरू रहेका छन् तर ति संभावनाहरूलाई  अमेरिकामा रहेका व्यापारीहरूले  सहयाेग गरि नेपालकाे खानेपानी, भाैतिक सामग्रीका साथै  कृषि जन्य पदार्थ नेपालबाट अमेरिका ल्याएर साना तथा घरेलु उत्पादनलाई  विश्व बजार पुराउन मन्त्री खानले अनुराेध गरेका छन् ।

Advertisement

Advertisement
Advertisement

उत्त कार्यक्रमलाइ शाहिद खानले सहजिकरण गरेका थिए । कार्यक्रममा ब्रुकलिन च्याम्बर अफ कमर्शका प्रेसिडेन्ट र्रयान्डी पियर्स, भाइस प्रेसिडेन्ट क्याथी लि,  ग्लाेबल एफेयर म्यानेजर अभि लेसेज संलग्न थिए ।

Advertisement

नेपाल सरकारकाे तर्फबाट  उपस्थित  मन्त्री अब्दुल खान  द यूनाइटेड  नेशन्स वाटर कन्फ्रेन्स  २०२३ मा सहभागि हुन अमेरिका पुगेका थिए । यहि  मार्च २२ देखि २४ गते सम्म उक्त कन्फ्रेन्स  सम्पन्न भएकाे थियाे । मन्त्री खान यहि मार्च २८ तारिकमा नेपाल  आइपुग्ने छन् ।