Thursday, July 16

फिनल्यान्डको चुनावमा तेस्रो भयो प्रधानमन्त्री मरिनको पार्टी

नेपालअखबार, एजेन्सि। युरोपेली मुलुक फिनल्यान्डमा भएको संसदीय चुनाव प्रधानमन्त्री सन्ना मरिनको पार्टी तेस्रो भएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका आइतबार सार्वजनिक भएको २ सय सदस्यीय संसदको अन्तिम मतपरिणाममा ३७ वर्षीया मरिनको दल सोसियल डेमोक्र्याटिक पार्टीले ४३ सिट मात्र जितेको छ।

Advertisement
Advertisement

सबैभन्दा धेरै सिट जितेको नेशनल कोअलिसन पार्टीले ४८ र  दोस्रो भएको फिन्स पार्टीले ४६ सिट हात पारेका छन्। सन् २०१९ मा संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी मरिन यो निर्वाचन परिणामसँगै तत्काल दोस्रो कार्यकाल प्रधानमन्त्री नबन्ने भएकी छन्।

Advertisement

अब नेशनल कोअलिसन पार्टीका नेता पेटेरी ओर्पोले फिनल्यान्डमा गठबन्धन सरकार बनाउने बताइएको छ।

संसारभर चर्चा पाएकी मरिन सरकारको कार्यशैलीप्रति परम्परावादी फिनिस नागरिक असन्तुष्ट रहेको देखिएको छ। मरिनको दलले वामपन्थी विचारधारा अँगालेको थियो भने अब प्रधानमन्त्री बन्न लागेका ओर्पो दक्षिणपन्थी विचारधाराका हुन्।