Thursday, July 16

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, बुटवल । श्रीमतीले जबरजस्ती करणीको उजुरी दिएपछि न्यायाधीश भुवन गिरीमाथि पक्राउ पुर्जी जारी भएको छ ।

Advertisement

जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

Advertisement
Advertisement

न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए । गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । गिरीकी श्रीमतीविरुद्ध पनि सरकारी कागजात किर्तेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।