Friday, July 3

पर्यटकिय गन्तब्यको प्रचार गर्न गोरखामा पदयात्रा (फोटो फिचर सहित)

गोरखा । गोरखा सदरमुकामका ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुका पदयात्रा गरिएको छ ।

Advertisement

ऐतिहासिक सम्पदाको सम्र्वद्धन र प्रवद्र्धन हाम्रो अभियान भन्ने नारा सहित गोरखा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका सरोकारवालाहरुले पदयात्रा गरेका हुन् ।

Advertisement
Advertisement

शनिवार बिहान सदरमुकामको ठूलो आँगनमा आयोजनामा आयोजित एक कार्यक्रमका वीच प्रमुख अतिथि गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले पदयात्रा टोलीका संयोजक गोरखा उद्योग वाणिज्य सघंका उपाध्यक्ष भगवानबाबु मास्केलाई राष्ट्रिय झण्डा दिएर बिदाई गरेकी हुन् ।

Advertisement

उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षता तथा उपप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ठुलो आँगनबाट सुरु भएको पदयात्रा पश्चिमकाली, पश्लाङ, बिन्दवासिनी, भीमसेन पार्क, गोरखकाली, उपल्लोकोट कुइरेभीर, रानीबन बराह हुँदै पुनः ठूलो आँगनमा आएर समापन भएको हो । पदयात्रामा जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी, नागरिक समाज, ब्यवसायी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *