Saturday, May 9

ढुंगा लागेर घाइते गणेशलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं

नेपालअखबार,गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

पहाडबाट खसेको ढुंगा शरीरमा लागेपछि गुरूङ घाइते भएका छन्।

Advertisement

मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको थियो।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गुरूङ पर्यटक पथपर्दशकसमेत हुन्।