Friday, July 10

वैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको गृहकार्य सुरू भएको छ।

Advertisement

बालुवाटार स्रोतका अनुसार केही दिनअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएका छन्।

Advertisement
Advertisement

‘वैशाखको तेस्रो साता जाने कि भन्ने किसिमले गृहकार्य भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो,‘मिति टुंगिन बाँकी छ।’

Advertisement

गत पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको यो पहिलो विदेश भ्रमण हुने छ।