Friday, July 10

रूसमा पुटिनका आलोचकलाई २५ वर्ष जेल

नेपालअखबार, एजेन्सि। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक जना आलोचकलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार मस्कोको एक अदालतले प्रतिपक्षी राजनीतिज्ञ ४१ वर्षीय भ्लादिमिर कारा-मुर्जालाई देशद्रोहलगायत मुद्दामा २५ वर्षको जेल सजाय सुनाएको हो।

Advertisement
Advertisement

रूसी र बेलायती पासपोर्टधारा कारा-मिर्जालाई गत वर्ष पक्राउ गरिएको थियो। सुरूमा एक प्रहरी अधिकारीको आदेश नमानेको भने पक्राउ गरिएका उनलाई पछि गम्भीर मुद्दाहरू लगाइएको थियो।

Advertisement

उनले रूसले युक्रेनमा गरेको आक्रमणको खुलेर विरोध गरेका थिए। रूसमाथि प्रतिबन्ध लगाउन उनले पश्चिमा देशहरूसँग लबी गरेका थिए। भ्रष्टाचार र मानव अधिकार उल्लंघनमा रूसी सरकारी अधिकारीहरूमाथि पनि प्रतिबन्ध लगाउनु पर्ने उनको माग थियो।

सन् १९९९ मा पुटिन सत्तामा आएदेखि कुनै आलोचकलाई गरिएको यो सबैभन्दा कडा सजाय हो।एक साताअघि उनले आफूले गरेका काम र बोलेका कुरामा कुनै पश्चाताप नभएको बताएका थिए।