गोरखा । साधना लघुबित्त बित्तीय संस्था शाखा कार्यालय हरमटारीले कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ । बित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले शुक्रबार एक कार्यक्रम गरी गत साउनमा हृदयघातबाट मुत्यू भएकी एक महिलाको कर्जा मिनाहा घोषणा गरेको हो ।
गोरखा नगरपालिका वडा नं. ३ घलाङमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको तिर्न बाँकी साँबाब्याज गरी रु ६२ हजार सातसय ८४ रुपैयाँ मिनाहा गरेको संस्थाले जानकारी दियो ।
ऋणी सदस्य अधिकारीले यसअघि तिरिसकेको साँवा१२ हजार ७५० र काजक्रियाखर्च बापत २१ हजार ९६६ गरी ३४ हजार ७१६ रुपैयाँ मृतकका श्रीमान् खोपबहादुर अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
वडा अध्यक्ष रामबाबु बोगटीले सो रकम हस्तान्तरण गरेका हुन् । बित्तीय संस्थाले ग्राहकअनुकुल गुणस्तरीय बित्तीय सेबा प्रबाह गर्दे सदस्यहरुलाई सिपमुलक तालिम, बजारीकरण र बिश्बसनीय कारोबार गर्न बित्तीय संस्था प्रतिबद्ध रहेको बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

