Saturday, July 4

दलित मुक्ति संगठन कर्णालीको प्रदेश सम्मेलन सम्पन्न

नेपालअखबार, सुर्खेत । दलित मुक्ति संगठन कर्णालीको दोश्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले मनिष गहतराजको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।

Advertisement

कमिटीको वरिष्ठ उपाध्यक्षमा मन बहादुर बिक, उपाध्यक्षमा  कमला बिक र  मानसिं सुनार, सचिवमा हर्क नेपाली, उपसचिवमा मोतिराम सुनार, धिरेन्द्र परियार र कमल नेपाली, कोषाध्यक्षमा सीमा कुमारी सुनार चयन हुनुभएको सङ्गठनका उपाध्यक्ष एव प्रदेश इन्चार्ज कमरेड बसन्त विश्वकर्माले बताउनुभयो ।

Advertisement
Advertisement

Advertisement

दलित आन्दोलनको पुनगर्ठन र रूपान्तरणका लागि राष्ट्रव्यापी पुनर्जागरण भन्ने नाराका साथ शुरु भएको  प्रदेश सम्मेलनको सङ्गठनका केन्द्रीय अध्यक्ष तथा पार्टी पोलिटब्युरो सदस्य गणेश विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटन समारोहमा नेकपा  एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष एवं सांसद अम्मर बहादुर थापा, सङ्गठन का उपाध्यक्ष एव प्रदेश इन्चार्ज बसन्त विश्वकर्मा, सुर्खेत पार्टी अध्यक्ष मोहनसिंह बडवाल, कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, सङ्गठनका केन्द्रीय सचिव भिउसेन नेपाली, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका कर्णाली प्रदेश खडक के. सी. लगायतले सम्बोधन गर्नु भएको थियो ।

नव गठित कमिटीलाई सपथग्रहण गराउँदै केन्द्रीय अध्यक्ष विश्वकर्माले दक्षिणपन्थी अवसरवाद र सबैखाले विभेदका विरुद्ध छैठौ राष्ट्रिय सम्मेलन ! भन्ने नाराकासाथ संगठनको छैटौँ राष्ट्रिय सम्मेलनको तयारी भइरहेको जानकारी गराउनुभयो ।