Sunday, July 12

अलपत्र अवस्थामा रहेको चारलेन सडक चाँडै बन्छ : मन्त्री शर्मा

नेपालअखबार, दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दाङको निर्माणाधीन अवस्थामा अलपत्र परेको चारलेन सडक चाँडै बन्ने बताएकी छन् । एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको चारलेन सडक चाँडै बन्ने उनले बताइन् ।

Advertisement

दाङको नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो नारायणपुर व्यापारिक तथा कृषि औद्योगिक मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले उक्त सडकको अहिलेको ठेक्का रद्द गरी नयाँ ठेक्का गरिने बताइन् । उनले भनिन्,‘ चारलेन सडकले दाङका जनताले दुःख कष्ट पाइरहेका छन् । यसलाई सम्पन्न गर्न सरकारले नयाँ विकल्प खोज्छ ।’

Advertisement
Advertisement

उक्त सडक भारतीय निर्माण कम्पनीले अलपत्र पारेको बताइएको छ । सडकको निर्माण सम्पन्न गर्न भारतीय राजदूतावास र एसियाली विकास बैंकसँग छलफल गर्ने प्रतिबद्धता जनाइन् ।

Advertisement

मन्त्री शर्माले चारलेन मात्रै नभई घोराही मुर्कुटी–प्युठान, खंग्रानाका–रिहार, नारायणपुर–रोल्पा होलेरी सडक, घोराही– रक्षाचौर सडक, राप्ती लोकमार्ग, सहिद मार्गको मर्मत सम्भार तथा स्तरोन्नतीको योजनालाई समेत कार्यान्वयन तीव्रताका साथ अगाडि बढाइने बताइन् ।