
नेपालअखबार, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको अधिवेशन जेठ २६ र २७ हुने भएको छ । बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालयको बैठकले पहिलो अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकले २०८० वैशाख मसान्त भित्र सदस्यता अद्यावधिक गरी सक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।
बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


