Monday, July 6

परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान

नेपालअखबार, काठमाडाैं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्।

Advertisement

बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

Advertisement
Advertisement

साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गरेका छन्।

Advertisement

परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।

परराष्ट्र मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।