Monday, August 24

टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न: ओली

नेपालअखबार, काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन्।

Advertisement

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच एक घण्टा बढी लामो छलफल भएको छ। छलफलपछि पत्रकारले सोधेको प्रश्नमा उनले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्।

Advertisement
Advertisement

‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो। अहिले त हराइराखेका छन्। कहाँ बस्नुभएको छ उहाँ?,’ ओलीलाई एक पत्रकारले प्रश्न सोधेका थिए।

Advertisement

त्यसको जवाफमा उनले भने, ‘तपाईंहरूले खोज्नुस् न। मेरो सम्पर्कमा हुनुहुन्न।’

यस्तै अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए।

‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’

एमाले सचिव रायमाझी अहिले फरार छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको प्रकरणमा प्रहरीले उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।

उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रचण्ड-ओलीबीच दोस्रो पटक वार्ता भएको हाे ।