
नेपालअखबार, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संघीय संसद्को बैठकलाई कसरी चलाउने भन्नेबारे छलफल भएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आइतबार बस्ने बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा प्रस्तुत गर्ने विषयमा नेताहरुबीच छलफल भएको
बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको उनले बताए ।

