Thursday, July 2

दिनैपिच्छे सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन: उपेन्द्र यादव

नेपालअखबार, काठमाडाैं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनैपच्छे सरकार परिवर्तन हुने हल्ला चलाउन नहुने बताएका छन्।

Advertisement

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित नहुने बताए।

Advertisement
Advertisement

यस्तै परिवर्तन गरिराख्नु पनि गलत हुने उनले बताए।

Advertisement

‘सुशासन र विकासको गति अघि बढाउन, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा हो अहिलेको सरकारको। त्यसको लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन। र दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो।’

यस्तै गठबन्धनको सरकारनै अगाडि बढ्नुपर्ने उनको भनाई थियो।