Thursday, July 2

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि प्रहरीलाई सहयोग गरौं: प्रकाशमान सिंह

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न जो-कोहीमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने बताएका छन्।

उनले निष्पक्ष रूपमा छानबिन गरिनुपर्ने पनि बताए।

Advertisement

‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस्,’ सिंहले भने।

Advertisement
Advertisement

उनले दोषीहरू छुट्न नहुने र निर्दोषहरू पर्न नहुने पनि बताए। ‘दोषीले उन्मुक्ति पाउन हुँदैन,’ उनले भने, ‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस्।’

Advertisement

उनले यो प्रकरणलाई राजीतिकरण गर्न नहुने बताए। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत यो प्रकरणमा पक्राउ परेका छन्। अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

‘यसमा संलग्न जोसुकै र जुनसुकै दलको भए पनि छानबिनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं,’ उनले भने।