Friday, July 24

जनयुद्ध दिवशका दिन सामाजिक सञ्जालमा भट्टराईले लेखे : क्रान्ति जारी राखौँ

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन्।

Advertisement

२५ औँ जनयुद्ध दिवसको अवसरमा जनयुद्धको स्मरण गर्दै पूर्व माओवादीका शीर्ष नेता समेत रहेका भट्टराईले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

उनले जनयुद्धको २५ औँ वर्ष प्रवेशको अवसरमा सहिद, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्धमा सहभागी सबैलाई शुभकामना समेत दिएका छन्।

Advertisement

‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान् सहिदहरू,बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० वर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले भनेका छन् !

ऐतिहासिक जनयुद्ध प्रारम्भको२५औं बर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरू,वेपत्ताजन,घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै१०बर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु!उपलब्धीहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं!

भट्टराई तत्कालीन माओवादीको जनसरकार प्रमुख समेत हुन। शान्ति प्रक्रियामा आएको केही समय अगाडि तत्कालीन माओवादी केन्द्रबाट अलग हुँदै नयाँ शक्ति पार्टी नेपाल गठन गरेका थिए। हाल उनी समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *