Friday, July 24

इसेवा मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । अब इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्न सकिने भएको छ । उक्त सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हु्न् ।

Advertisement

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ ।
यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुने इसेवाले जनाएको छ ।

Advertisement
Advertisement

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यतालाई हाम्रो सहकार्यले अन्त्य गरिदिएको बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *