Monday, April 20

नागरिक समाज र सञ्चार माध्यम वीच सहकार्यमा जोड

गाेरखा । सञ्चार माध्यम र नागरिक समाज थप संगठित हुनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जिल्ला सरमुकाममा गरेको ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले त्यस्तो बताएका हुन् ।

Advertisement

नागरिक समाज अधिकारले प्राप्तीको लढाइँमा मात्र केन्द्रित रहने प्रवृती अन्त्य गर्नुपर्ने उनीहरुको भनाई छ ।

भष्ट्राचार, अनियमिता, ढिलासुस्ती, प्राकृतिक स्रोत साधनको दुरुपयोग लगायतका कुराको बिरुद्धमा आमसञ्चार माध्यम र नागरिक समाज एक भएर आवाज उठाउनु पर्ने अधिकाशं वक्ताहरुको जोड छ ।

मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘नागरिक समाज र सञ्चार जगत वीच सहकार्यका अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सो अवसरमा नागरिक साझा सबालका संयोजक स्थानेश्वर दुवाडी, मानब अधिकार एलाइन्सका अध्यक्ष ऋषि खनाल, मानव अधिकार तथा शान्ती समाजका सभापती विश्वनाथ वाग्ले, उपसभापती सीताराम तिवारी, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सीताराम श्रेष्ठ, मानवअधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत, एम्नेष्टी इन्टरनेशल समूह ४२ की अध्यक्ष बिमला वाग्ले, मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष साबित्री भट्ट पत्रकार महासंघका सचिव नरहरी सापकोटा लगायतले मन्तव्य राखेको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *