Sunday, July 5

गण्डकीमा काँग्रेसको प्रशिक्षण तथा अन्तरक्रिया

गाेरखा । नेपाली काँग्रेस गोरखाले गण्डकी गाउँपालिकामा अगुवा कार्यकता प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सुरु गरेको छ ।

Advertisement

शुक्रबार वडा नम्बर २ तालिङ्चोकमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले काँग्रेस जरा देखि नै बलियो हुनु पर्ने अबस्था आएको बताए । अरुलाई दोष देखाएर आफु उम्कने अबस्था नरहेको भन्दै उनले लोकतन्त्र जोगाउन युवा शक्ति लाग्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement

वडा सभापती दिपबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला सभापती वुद्धिप्रसाद लामिछाने, जिल्ला सदस्य तोकमान श्रेष्ठ, गण्डकी गाउँपालिका सभापती रामनारायण श्रेष्ठ, आमन्त्रित जिल्ला सदस्य भीमप्रसाद अर्याल, चन्द्रबहादुर गुरुङ, वडा सदस्य देउबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा सहभागीलाई नेपाली काँग्रेसको विधान, नियमावलीको बारेमा जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, ठाकुर भट्ट, नेपाली जनसम्र्पक समिति चाइनाका युवराज न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए । क्रमश अन्य वडामा कार्यक्रम गर्दै लैजाने नेपाली काँग्रेस गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *