Friday, August 14

सर्वोच्चले भन्याे 'नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?'

काठमाडौं – सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलासले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री नेपाल र समाजवादी पार्टीका नेतूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर नगर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो।

Advertisement

ललितानिवासको सरकारी जग्गा दुरुपयोगमा अख्तियारले एक सय ७५ जनालाई विपक्षी बनाउँदै माघ २२ गते विशेष अदालतलमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई सफाइ दिएको छ। मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विभागीय मन्त्रीसहितका अन्य अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भए पनि उनीहरूलाई उन्मुक्ति भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले माघ २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *