Saturday, July 18

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं – चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज उडेको विमान आजै रातिसम्म नेपालीहरु लिएर नेपाल फर्किने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन प्रस्तान गर्ने विमान तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

सरकारले दुइ महिनादेखि चीनमा फैलिएको नोवेल कोरोना संक्रमणको कारण जोखिममा रहेका नेपालीहरुको उद्धार गर्न लागेको हो। विशेष  गरी चीनमा उच्च शिक्षाका लागि चीन पुगेका विद्यार्थीहरु जो भाइरस संक्रमणको कारण विभिन्न छात्रावासमा छरिएर बसिरहेका,आफुहरु संक्रमणको जोखिममा रहेको जनाएपछि सरकारले उद्धारको लागि पहल गरेको हो।

Advertisement
Advertisement

नेपाल एयरलायन्सको हवाइजहाजमा पाइलट, एयरहोस्टेज, नेपाल प्रहरीको दुई जना चिकित्सक र दुई नर्स चीनतर्फ गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।

Advertisement

 चीन सरकारले एयरपोर्टसम्म लिएपछि मात्र नेपाली हवाइजहाजले नेपाल लिएर फर्किनेछ। त्यसै गरी चीनवाट फर्केपछि अन्तराष्ट्रिय त्रिभुवन एयरपोर्टमा नेपाली सेनाको चिकित्सकसहित पाँच वटा हेल्थ  डेस्कमा परीक्षण गरिने व्यवस्था गरिएको छ। सरकारले उद्धार गरिएका नेपालीको लागि बिभिन्न पाँच चरणका नियम पालना गर्नु पर्ने उपनियमहरु जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *