Friday, July 3

एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा राजेन्द्र कोजू

नेपालअखबार, भक्तपुर । नेकपा (एकीकृत समाजवादी)को भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

Advertisement

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए । त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् ।

Advertisement
Advertisement

अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक ध्रुबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथअघि बढ्नुपर्ने बताए ।

Advertisement