Thursday, July 30

बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु, दुई बेपत्ता

नेपालअखबार,बझाङ । बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ।

Advertisement

आइतबार बिहान ११ बजे सुर्मा गाउँपालिका-२ धनसेरीस्थित हिमाली क्षेत्रमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत भइसकेको छैन।

Advertisement
Advertisement

डिएसपी जागेश्वर भण्डारीका अनुसार हिमपहिरोमा परेर दुई जना बेपत्ता भएका छन्।

Advertisement

दुई जना घाइते समेत छन्। घाइतेको उद्धार र बेपत्ताको खोजी गर्न प्रहरी टोली घटनास्थलतर्फ गइरहेको डिएसपी भण्डारीले बताए।