Wednesday, July 29

विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट कार्यान्वयन गराउन अनेरास्ववियूले बुझायो मन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रिय कमिटीले  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालालाई यातायातमा विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशत सहुलियत दिने निर्णय देशैभरी कार्यन्वयन गर्न माग गरेको छ ।

Advertisement

आज ज्ञापन पत्र बुझाउदै  अनेरास्ववियू महासचिव आरती लामाले विगतमा नेपाल सरकारले विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिने निर्णय गरेता पनि देश भरी कहिँ पनि कार्यान्वयन नरहेको, लामो दूरीका यात्रामा एक रुपैयाँ पनि छुट नदिने, काठमाडौंमा बिदाको दिन छुट नदिने, ८ बजे पछि नदिने, तीन पाङ्रे सवारीमा छुटै नदिने जस्ता समस्या रहेको बताउनु भयो ।

Advertisement
Advertisement

ज्ञापन पत्रमा उक्त छुट प्रतिशत कार्यान्वयन नभए अनेरास्ववियू आन्दोलित हुने बताएको छ । मन्त्री प्रकाश ज्वालाले उक्त कुरा देशभर तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागका डिजि नारायण भट्टराईलाई निर्देशन दिनुभयो ।
ज्ञापन पत्र अनेरास्ववियू कार्यवाहक अध्यक्ष हिरेन्द्र शाहीको नेतृत्वमा बुझाएको थियो ।

Advertisement