Sunday, May 31

यस्ता छन् अध्यक्ष नेपालद्वारा संसद्मा प्रस्तुत देशको अर्थतन्त्र सामु रहेका १५ वटा समस्या

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रका सामु रहेका विभिन्न समस्याहरूको विवेचना गर्नुभएको छ ।

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्यालाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गर्नुभयो ।

Advertisement

यस्ता छन् अध्यक्ष नेपालले देशको अर्थतन्त्र सामु रहेका समस्या सँग सम्बन्धित राखेका १५ बुँदा ।

१. न्यून आर्थिक वृद्धि
२. उच्च मुद्रा स्फिति
३. मूल्य वृद्धि
४. जनशक्ति पलायन
५. लगानी न्यून
६. न्यून पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घट्दो राजश्व परिचालन
९. उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप
११. भुक्तानी शृङ्खला टुट्नु
१२. जमिन बाँझो हुँदै जाने समस्या
१३. खाद्यय सङ्कटको नजिक
१४.योजनाको उचित छनोटमा समस्या
१५. योजनाको प्राथमिकतामा समस्या

उल्लेखित समस्याहरु  इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृत्तिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको भन्दै अध्यक्ष नेपालले यावत समस्याहरुलाई समाधान गर्दै मुलुकको समग्र विकासमा सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो  । उहाँले यसका निम्ति आपसमा सहकार्यको आवश्यकता रहेको औँल्याउनु भयो  ।