Sunday, July 19

‘साइपालमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भन्ने गलत प्रचारका पछाडि के लुकेको छ ?’

नेपालअखबार, काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भनी गलत प्रचार भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

Advertisement

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भन्ने गलत प्रचारका पछाडि के लुकेको छ? त्यसबारे छानबिन गर्न सरकारलाइ भनेका छन्।

Advertisement
Advertisement

‘आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडिओ बनाएर बझाङ जिल्लाको साइपाल भन्ने गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन, सिडिओलाई खबर गर्दा सिडिओले बेवास्ता गरेको र केही नेपाली कांग्रेस हुँ भन्ने स्थानीयले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार प्रशारण गरेको’ जोशील भनेका छन् ।

Advertisement

यस्तो समाग्री प्रशारण भएपछि आफूले स्थानीय नागरिक र सबै जनप्रतिनिधिसँग सोध्दा कहीँ केही नभएको थाहा लागेको उनले संसदमा सुनाए। उनले यस विषयमा छानबिन गर्न माग गरेका छन्।उनी भन्छन्, ‘गृह मन्त्रीलाई समेत जोडेर भुटानी शरणार्थीको बाहनामा सैनिक क्याम्प खडा गर्ने भन्ने भ्रम पूर्ण समाचार प्रशासरण गरेको हुनाले यसका पछाडि के लुकेको छ रु छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु।’