Tuesday, July 21

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे

नेपालअखबार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन जनाएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए ।

Advertisement
Advertisement

उनले पर्यटनको विकास र जनताका आकाङ्क्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको टिप्पणी गरे ।

Advertisement