Tuesday, July 21

कुशवाहाको संसदीय कोषको रकमबाट निर्माण भई रहेको छठघाटमा कमसल निर्माण सामग्री प्रयोग

मेवालाल यादव, रौतहट ।  मधेश सरकारको पुर्व कृषि भूमि व्यवस्था तथा सहकारी मंत्री इंजिनियर बसंन्त कुशवाहाको योजनामा गुणस्तरीय कार्य भई रहेको छ ।

Advertisement

रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ५ कोपवामा पुर्व मंत्री कुशवाहाको संसदीय विकाश कोषको ४० लाख को लागतमा निर्माण भई रहेको छठ घाट निर्माणको गुणसतरहीन निर्माण सामग्री प्रयोग भई रहेको हो ।

Advertisement
Advertisement

छठघाटमा ३ नम्बरको प्रयोग भई रहेको इटको बारेमा सोध्न गएका स्थानीय संचारकर्मी मेवालाल यादव माथि पुर्व मन्त्री कुशवाहाका भई सुबन्त कुशवाहाले अभद्र व्यव्हार गरे पछि कमीशनको भरमा भैरहेको निर्माण कार्यको पर्दा फास भएको हो ।

Advertisement

समाचार संकलन गर्न गएका संचारकर्मी मेवालाल यादव र कमल यादवका अनुसार ३ नम्बरको इट प्रयोग गर्दै गरेकोमा यस्तो कार्य किन गर्न लागेको सोध्दा अभद्र व्यव्हार गरेको बताएका छन ।

भ्रस्टाचार गरेको आरोपमा जनकपुरमा इंजिनियरलाइ नागै परेर घुमाएका जनमत पार्टीका नेताले सत्तामा गएपछि आफै भ्रस्टाचारमाँ लिप्त भएको कुरो छठघाट निर्माण कार्यले पुस्टि गरिरहेको यादवले बताएका छन । बड़ा जिल्लाका ठेकेदार शशिकान्त गुप्तालाइ ठेक्का दिएर निर्माण कार्य गराई रहेका पुर्व मंत्री कुशवाहाले गुणस्तारहीन कार्य हुदा पनि निरिक्षण अनुगमन गर्न सकेका छैन ।

जनमत पार्टीका प्रदेश कमिटी सदस्य दिनेश कुमार यादवले छठघाट निर्माण कार्यमा घटिया किसिमका निर्माण सामग्री प्रयोग गरेर पार्टीलाई समेत बदनाम गर्न खोजेको आरोप लगाएका छन ।

गलत कार्यको विरोध गर्दा हाथपाथ गर्नु जामनत पार्टीको कार्यकर्त्ताको लागि शोभनीय कार्य नभएकोले संसदीय बिकाश कोषको रकमबाट निर्माण भई रहेको छठघाटको स्थलगत निरिक्षण अनुगमन गरी कार्यवाही गर्न समेत मांग गरेका छन ।