Saturday, April 18

बिप्लवका गोरखा सेक्रेटरी वली सहित २ पक्राउ

गोरखा । नेत्र विक्रम चन्द बिप्लवका गोरखा सेक्रेटरी लोकबहादुर वली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर घर भई हाल बिप्लव समुहका गोरखा सेक्रेटरीको जिम्मेवारीमा रहेका वली सहित जिल्ला सदस्य कृष्ण पन्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले गोरखा नगरपालिका १३ स्थित मझुवादेउरालीबाट शुक्रबार पक्राउ गरेको बताएको छ ।

Advertisement

पक्राउ परेका जिल्ला सदस्य पन्त भने गण्डकी गाउँपालिका ४ फुजेलका रहेको प्रहरीको भनाई छ ।

बिभिन्न जिल्लामा अवाञ्छित कृयाकलाप संलग्न रहेको आरोपमा उनिहरुलाई प्रहरीले केहि समययता खोजतलास गरिरहेको र शुक्रबार मझुवाबाट निययन्त्रणमा लिई खानतलासी गर्दा विप्लव समुहको राजनैतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद सहित नगद ३२ हजार, ३ थान मोबाइल र सिमकार्डहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनिहरुलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *