गोरखा । मानव सेवा आश्रममा रहेका बालबालिकाहरुको निशुल्क दन्त परीक्षण भएको छ ।
शनिवार संगम मेडिहेल्थ क्लिनिक गोरखाका दन्त चिकित्सकहरुले ३० जना बालबालिकाहरुको दाँत,गिजा र मुख सम्बन्धी जाँच गराएका हुन् ।
सो अवसरमा आश्रमका बाललिकाहरुलाई मन्जन ब्रस, साबुन, रुमाल लगायतका सरसफाईका सामग्री वितरण गरिएको संगम मेडिहेल्थ क्लिनिक सञ्चालक संगमबाबु श्रेष्ठले जानकारी दिए । उक्त क्लिनिकले दन्त सेवा सुरु गरेको अवसरमा आश्रमका बालबालिकाहरुलाई निशुल्क सेवा दिएको हो ।
यसैविच दाँत, गिजा र मुख सम्बन्धी समस्या देखिएका बालबालिकाहरुलाई थप उपचार पनि निशुल्क गराउने उनले जानकारी दिए । यस अघि संगम मेडिहेल्थ क्लिनिकले त्यहाँ रहेका बालबालिकाहरुको रक्त समूह पहिचान पनि गरिदिएको थियो ।
मानसिक रोग विशेषज्ञ डा.जयबहादुर खत्रीद्धारा उद्धार गरिएका मानिसहरुको निशुल्क मानसिक उपचार सेवा समेत उपलब्ध गराउँदै आएको श्रेष्ठले बताए ।
जिल्ला सदरमुकाममा बसपार्कबाट सेवा सञ्चालन गरिएको उक्त क्लीनिकले शनिवारबाट दन्त सेवा पनि सुरु गरेको छ ।

