Saturday, July 18

१० बर्ष पछी पुन प्रदर्शनमा आयो नाटक 'सेतो कपाल'

काठमाण्डौं । रंग सारथी र शैली थिएटरको सयुक्त प्रस्तुति नाटक सेतो कपाल काठमान्डौको रातोपुल स्थित शैली थिएटरमा १० बर्ष पछी पुन मन्चन भैरहेको छ ।

Advertisement

बरिष्ट प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोट द्वारा लेखन र निर्देशन गरिएको उक्त नाटक आरोहण गुरुकुलमा मन्चन भएको थियो ।

Advertisement
Advertisement

डार्क कमेडी जनरामा प्रस्तुत गरिएको नाटक सेतो कपाल आर्थिक दृष्टिले अत्यन्तै जोखिम पूर्ण नाट्यकर्मलाइ आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसै भित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित नाटक सेतो कपालको अन्तिम पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागी मंचमा उत्रिएको नाटकको नायक कुमार अग्नि अचानकै कथामा उल्लेखित नाटककारको चरित्र लाइ बिर्सेर स्वयमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ ।

Advertisement

यहाँ बाट नाटकले नया मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था,हजुरबाको यौन मनोविज्ञान,आफ्नो असफल पहिलो प्रेम र दोस्रो प्रेम पश्चात अर्धांगिनी बनेकी सिमल संगको तनाव युक्त पारिवारिक सम्बन्ध आदिलाई सम्झिदै आफ्नो दमित रहर ,तिर्खा यौन कुण्ठा तथा अभाव ग्रस्त जीवनको आक्रोस व्यहोर्दै साइकोप्याथ नामक मानसिक रोगबाट ग्रसित भएर आत्माहत्याको निर्णयमा पुग्दछ । नाटकको पूर्वाभ्यास एकाएक रोकिन्छ ।

फरक शैलीको नाटक तयार पार्न सिपालु नाटककार विष्फोटले भागवत टोलमा भोलाराम ,माउजंग बाबुसाहेबको कोट संग संगै सेतो कपालमा पनि आफ्नो नयाँ पृथक एक्सपेरिमेन्ट गरेका छन ।

प्रस्तुत नाटकमा नाट्य कलाकार शेर शाही,पुस्कर दाहाल,सुरेन्द्र क्षेत्री,ज्योति राई,बालकृष्ण रिजाल,निमा पाण्डे,सदीन लुइँटेल,रबिन तामाङ्ग,कुमार जोशी,नोरचेन लामा,रिया चौधरी,करिश्मा केसी, मिरा केसी. रहेका छन् । त्यस्तै गरी स्टेज मेनेजरमा रोशन तण्डुकार,प्रकाश तथा पार्श्व संगीत परिकल्पनामा टिबिजे,प्रकाश परिचालनमा विशाल घिमिरे रहेका छन् ।

“सेतो कपाल” को प्रदर्शन शुरु फाल्गुन २ गते बाट भैसकेको छ भने नाटक १७ गते सम्म चलिरहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *