काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ ।
अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ ।
नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो ।

