Friday, August 21

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणदेखि नागरिकता विधेयकबारे छलफल

नेपालअखबार, काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा बुधबारबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेको जानकारी दिइन् ।

Advertisement
‘भोलिबाट हुने प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे छलफल भयो, निर्णयका रूपमा केही भएको छैन’, मन्त्री शर्माले भनिन्,‘बजेटमाथि प्रधानमन्त्री भारतबाट फर्केपछि छलफल हुने भन्ने कुरा भयो ।’

त्यस्तै उनले मंगलबारको मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकबारे विषय प्रवेशमात्र भएको भन्दै राष्ट्रपतिबाट प्रमाणीकरण हुने अपेक्षा रहेको बताइन् । ‘नागरिकता विधेयक मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई पठाएका हौ । त्यसमा अव राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेर प्रमाणीकरण गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौ’,मन्त्री शर्माको भनाइ छ ।

Advertisement
Advertisement

Advertisement