
नेपालअखबार। भारत सरकारले हालै संसद भवनमा सार्वजनिक गरेको नक्सामा नेपालको कपिलवस्तु, लुम्विनी र विराटनगर सामेल गरिएकोमा तनविर रेजा राइनले आपत्ति जनाएका छन्।
“भारतको नयाँ संसद भवनको पर्खालमा नेपालको भूभाग सहितको नक्सा अखण्ड भारतको नाममा राखेर भारत सरकारले रोटिबेटीको नाममा शोषण गर्न खोजिएको छ भन्ने कुरामा कुनै शंका छैन।”
तनवीरले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
“भारतीय शासक वर्गले विभिन्न बहानामा नेपालमा पटक–पटक गैरकानूनी गतिविधि गरिरहेको छ, यस विषयमा नेपालका सत्तारुढ नेताले एक शब्द पनि नबोल्नु उनीहरुको मिलोमतो त छैन, अब सम्पूर्ण नेपाली देशभक्त जनता एकताबद्ध भएर यसका विरुद्ध आवाज उठाउनुपर्छ।” उनले आफ्नो विचार लेखेका छन्।

