Sunday, May 10

भ्रष्टाचारविरुद्ध समाजवादी मोर्चा कोशी प्रदेशको रिले अनशन

नेपालअखबार, सुनसरी । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीको कोशी प्रदेश मोर्चा संगठनले  भ्रष्टाचारविरुद्ध रिले अनशन शुरु गरेको छ ।

भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शन गर्दै आएको एकीकृत समाजवादीको मोर्चा संगठनले इटहरीमा रिले अनशन शुरु गरेको हो । मोर्चा संगठनले भष्टाचार विरुद्ध इटहरी चोकमा देशमा २४ घण्टे रिले अनशन थालेको हो ।

Advertisement

एकीकृत समाजवादीको भातृसंगठनका नेता तथा कार्यकर्ता रिले अनशन बसेका छन् । मोर्चाले नक्कली भूटानी शरणार्थी प्रकरणसँगै  भष्टाचार विरुद्ध प्रदर्शन गर्दै आएको छ । भ्रष्टाचारमा संलग्न जुनसुकै दल, नेता वा अधिकारी भए पनि तिनीहरूलाई कडा कारवाही हुनुपर्ने  मोर्चाले माग गर्दै आएको छ  ।