Tuesday, July 21

प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे काठमाडौं आइपुग्ने

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्।

Advertisement

भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड अपराह्न ४:३० बजे दिल्लीबाट प्रस्थान गर्नेछन्।

Advertisement
Advertisement

साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

Advertisement

प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन्।

दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन्।

जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति  द्रौपदी म‍ुर्मु , प्रधानमन्त्री  नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए।

उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन्।