Monday, July 20

भक्तपुरमा गाडीबाट खस्दा एक महिलाको मृत्यु

नेपालअखबारभक्तपुर,। भक्तपुरमा गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान साढे ७ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरा जाँदै गरेको ‘हात्ती गाडी’ पछाडि सवार एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

Advertisement
Advertisement

बा २१ च ५३०१ नम्बरको गाडीबाट खसेपछि ती महिला गम्भीर घाइते भएकी थिइन्।

Advertisement

उनको उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। ती महिलाको पहिचान नखुलेको डिएसपी पाठकले बताए।

चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सुर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।  घटनाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ।