Sunday, July 19

रूखबाट खसेर एक जनाको मृत्यु

नेपालअखबार, बाजुरा। बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।

शनिबार बडिमालिका नगरपालिकामा रूखबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Advertisement

मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी छन्।

Advertisement
Advertisement

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।

Advertisement