गोरखा । ७० आंै राष्ट्रिय प्रजातन्त्र दिवश तथा चौथो निर्वाचन दिवश विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाहरुको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कायृक्रम गर्न दिवश मनाउने निर्णय गरेको हो ।
दिवश मनाउनका लागि जिसस प्रमुख गुरुङको संयोजकत्वमा ७० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
फागुन ६, ७ र ८ गते सम्र्पूण सरकारी तथा गैरसरकारी कार्यालयहरुको सरसफाई गर्ने, साँझ दिपावली तथा दिप प्रज्वलन गर्ने, ७ गते गोरखाको पुरानो बसपार्क देखि जिसस हलसम्म प्रभातफेरी कार्यक्रम गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका दिपक गुरुङले जानकारी दिए ।
यसैगरी प्रजातन्त्रसँग सम्बन्धी लेख रचना प्रकाशन तथा परिसम्बाद कार्यक्रम गर्न सञ्चार माध्यमलाई आग्रह गर्ने पनि निर्णय भएको छ । प्रजातन्त्र दिवशको सन्र्दभमा आफ्नो घर आँगन सफा गर्न र साँझ दिपाली गर्न स्थानीयहरुलाई समेत आग्रह गरिएको छ ।

